punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रोनाल्डोका जुम्ल्याहामध्ये एक शिशुको मृत्यु

Chaupati
safha napa

स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका नवजात एक शिशुको मृत्यु भएको छ। म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डोका नवजात जुम्ल्याहा शिशुमध्ये एकको मृत्यु भएको हो।

रोनाल्डोले सोमबार राति सामाजिक संजालमा आफ्नो शिशुको मृत्यु भएको जानकारी गराएका हुन्। नवजात जुम्ल्याहा बच्चा मध्ये एकको मृत्यु भएको उनको पोस्टमा उल्लेख गरिएको छ।

रोनाल्डोका श्रीमती जार्जिना रोड्रिगेजले हालै जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिइन्। रोनाल्डोका यस अघि पनि जुम्ल्याहा सन्तान छन्।

रोनाल्डोले दुःखका साथ आफ्नो बच्चाको निधन भएको घोषणा गर्नु परेको उल्लेख गरेका छन्। उनको पोस्टमा यो सबैभन्दा ठूलो पीडा भएको र जुन कुनै पनि आमाबाबुले महसुस गर्नसक्ने भनेका छन्।

 


६ वैशाख २०७९, मंगलवार ०७:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु