punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप १० जनामा कोरोना संक्रमण

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६०० जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ९१ जनाको एन्टीजेन परीक्षणमा १ जना गरी १० जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३४ जना निको भएका छन् भने हाल देशभर ३५० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ३३९ जना होम आइसोलेसनमा रहेका छन् भने ११ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ८३७ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६६ हजार ३७३ जना संक्रमणमुक्त भएका छन्


५ वैशाख २०७९, सोमवार १६:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु