punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दलहरुलाई उम्मेदवारको टुंगो लगाउन सकस

Chaupati
safha napa

आगामी स्थानीय तहको निर्वाचनका लागि कैलालीमा अझै उम्मेदवारको टुंगो लाग्न सकेको छैन । वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि उम्मेदवारको टुंगो अझै लाग्न नसकेको हो । उम्मेदवारी दर्ताको समय एक हप्तामात्रै बाँकी रहेको भएपनि दलहरुले उम्मेदवारको भने अझै टुंगो लगाउन सकेका छैनन्। उम्मेदवार मनोनयनको मिति भने नजिकिँदै गएको छ ।
पाँच दलीय गठबन्धन बनाएर स्थानीय तहमा चुनाव लड्ने तयारी भएपनि धेरै उम्मेदवारहरु आकांक्षी देखिएपछि गठबन्धनले अझै उम्मेदवारको टुंगो भने लगाउन नसकेको हो ।

भागवण्डाबाट उम्मेदवार छान्न नसकेपछि जिल्लाले उम्मेदवारको नाम प्रदेश समितिमा पठाउने निर्णय गरेको छ । धनगढी उपमहानगरपालिका लागि नेपाली कांग्रेसबाट हालका मेयर नुपबहादुर वड,  यज्ञराज उपाध्याय, हरीश खड्का,  कृष्णबहादुर महरा, नेतृ जागृती बोगटी, लक्ष्मी दत्त भट्ट र पूर्ण कुँवर आकांक्षी छन् ।
एमालेबाट जीवनकुमार बम, दुर्गाप्रसाद जोशी, रणबहादुर चन्द, राजेश खाती र कमलसिंह राना आकांक्षी देखिएका छन् । एकीकृत समाजवादीबाट लोकेन्द्र बानीया र मदन रेग्मी पनि आकांक्षी छन् ।

माओवादीले धनगढी उपहमहानगरपालिकाका लागि शान्ति अधिकारीलाई अगाडी सारेको भएपनि अन्य पदमा भने अझै टुंगो लाग्न सकेको छैन । उपमेयरका लागि कृष्णप्रसाद चौधरी, सुरज खाती र बल बहादुर ऐर आकांक्षी देखिएका छन् ।
सरकारमै रहेको जसपाले पनि अन्य दलसँग गठबन्धन गरेर चुनाव लड्ने बताएको छ । धनगढीमा पत्रकार सम्मलेन गदै जसपाले लोकतान्त्रिक समाजवादी पार्टी कैलाली, नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च कैलालीसँग तालमेल गर्ने जनाएको हो ।
नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले उम्मेदवारीको टुंगो अहिलेसम्म लाग्न नसकेको बताए । एक/दुई दिनमा टुंगो लाग्ने उनले बताए ।

एमाले कैलालीका अध्यक्ष रतन थापाले पनि एक/दुई दिनमा उम्मेदवारीको टुंगो लाग्ने बताए । ‘अहिले छलफलमै छौँ,’उनले भने ‘छिटै टुंगो लगाउर्छाैँ ।’
नेकपा एकीकृत समाजवादीका कैलाली अध्यक्ष भैरव रावल एक/दुई दिनमा टुंगो लाग्ने बताए । ‘साथीहरु छलफलमै हुनुहुन्छ, उनले भने ‘हामीकहाँ लिस्ट आएको छैन आएपछि छिटै टुंगो लगाउछौँ ।’
माओवादीका कैलाली अध्यक्ष लाजुराम चौधरीले पालिका र वडा स्तरबाट सम्भावित उम्मेदवारको सिफारिस माग गरेको बताए । ‘एक /दुई दिन भित्रै जिल्ला कार्यसमितिले टुंगो लगाउँछ ।’ उनले भने कैलालीमा १३ स्थानीय तह र एक सय २६ वडा छन् । जिल्लामा ६ सय ५६ पदका लागि निर्वाचन हुनेछ ।


५ वैशाख २०७९, सोमवार ०८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु