punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित

Chaupati
safha napa

नवलपुरको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका छन । कक्षा १२ मा अध्ययनरत एक छात्रामाथी शिक्षक कपिल घिमिरिले दुर्व्यवहार गरेको  विधार्थीले आरोप लगाएका छन ।
ती शिक्षकले अश्लिल भिडियोहरु देखाएर यौन दुव्र्यवहार गरेको भन्दै विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शन गर्दै विद्यार्थीहरुले विद्यालय नजिक रहेका दुई वटा मोटरसाइकलमा आगजनी गरेका छन् भने झयालढोका समेत तोडफोड गरेका छन । गैंडाकोट प्रहरीको टोलीले आक्रोशित विद्यार्थीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

प्रहरीले ३ राउण्ड अश्रुग्याँस प्रहार गरेर अनियन्त्रित भीडलाई नियन्त्रण लिने प्रयास गरेपनि विधार्थीहरुले न्यायको माग गर्दै आन्दोलन जारी राखेका छन् ।


४ वैशाख २०७९, आइतवार १५:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु