जसपाका सुदूरपश्चिम सचिव एमालेमा प्रवेश
जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेश सचिव जनक आउजी नेकपा एमालेमा प्रवेश गरेका छन्।
शनिवार अत्तरियामा उनलाई एमालेका केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले पार्टीमा प्रवेश गराएका हुन्।
यसअघि जनता समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णकुमार चौधरी (कुन्दन) माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
३ वैशाख २०७९, शनिवार १२:४१ बजे प्रकाशित































