कृष्णपुरमा वडघर र भलमन्साका लागि पाँच लाखको अक्षय कोष स्थापना
कञ्चनपुरको कृष्णपुर नगरपालिकाले थारु समुदायको अगुवाइ गर्ने वडघर र भलमन्साको नगरस्तरीय समितिका लागि पाँच लाखको अक्षय कोष स्थापना गरेको छ।
वडघर भलमन्सा समितिलाई संस्थागतरुपमा कार्य अगाडि बढाउनका लागि सहयोग पुर्याउन अक्षय कोष स्थापना गरिएको हो। कोषको रकमको व्याजबाट वडघर भलमन्साले आयोजना गर्ने सामाजिक कार्यसँगै बैठक, छलफल, सांस्कृतिक समारोह, कलासंस्कृति जगेर्ना गर्ने कार्यमा सघाउ पुर्याउने नगर प्रमुख कर्णबहादुर हमालले बताए।
थारु समुदायमा वडघर र भलमन्साको स्थानलाई महत्वपूर्ण मानिन्छ। नगरपालिका क्षेत्रमा रहेका ७२ वडघर भलमन्सा समितिका कार्यलाई अगाडि बढाउनका लागि १० लाखका कुर्सी वितरण गरिएको छ।
३ वैशाख २०७९, शनिवार १२:३३ बजे प्रकाशित































