दार्चुलामा एक चितुवा मृत फेला
दार्चुलामा एक चितुवा मृत फेला परेको छ। जिल्लाको लेकम गाउँपालिका-२ कुणीमा चितुवा मृत फेला परेको हो।
चितुवा मृत देखेपछि स्थानीयले वन कार्यालय र प्रहरीलाई खबर गरेका थिए। वन डिभिजन कार्यालय दार्चुला, रातामाटा प्रहरी कार्यालय र त्यहाँका प्रतिनिधिलगायतको रहोबरमा चितुवालाई खाडलमा गाडिएको छ।
३ वैशाख २०७९, शनिवार १२:१५ बजे प्रकाशित































