अछाममा नदीमा नुहाउने क्रममा एक जनाको मृत्यु
अछाममा नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका-६ का अन्दाजी ५२ वर्षीय वेदप्रसाद भण्डारीको बुधबार नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो।
मंगलसेन-३ स्थित कैलाशखोला र बुढीगंगा नदीको दोभान जिमराडीमा नुहाउने क्रममा नदीको भंगालोमा परी उनको डुबेर मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएसपी रविराज थपलियाले बताए।
१ वैशाख २०७९, बिहीवार ०९:१३ बजे प्रकाशित































