अछामका एक युवकमा कोरोना पुष्टि
धनगढी, ११ जेठ । अछामका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ । धनगढी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप एकजनामा कोरोनाको संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमित युवक अछामको मेल्लेख गाउँपालिका ४ का ३२ वर्षीय पुरुष ८ हुन । उनी जेठ ८ गते गौरिफन्टा नाकाबाट भित्रिएका थिए । उनी सेती अस्पतालको आइसोलेसनमा भर्ना थिए । यो सँगै प्रदेशभरी संक्रमितको संख्या १५ पुगेको छ ।
११ जेठ २०७७, आइतवार ११:०९ बजे प्रकाशित































