प्रधानमन्त्री देउवा धनगढी आउने कार्यक्रम स्थगित

प्रधानमन्त्री शेरबहादुर देउवाको धनगढी आउने कार्यक्रम स्थगित भएको छ । प्रधानमन्त्री देउवा धनगढी आएर फारवेष्ट ट्राभर मार्ट, सिटी हलको उद्घाटन र धनगढीका भूमिहीनलाई लालपुर्जा बितरण गर्ने कार्यक्रम रहेको थियो ।

पछिल्लो राजनीतिक व्यस्तता, गठबन्धन दलबिच छलफलमा व्यस्त रहेकाले देउवा धनगढी आउने कार्यक्रम स्थगित गर्नुपरेको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव भानु देउवाले बताए ।


२४ चैत २०७८, बिहीवार २१:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु