स्थानीय निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्छ : मन्त्री जोशी

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले स्थानीय निर्वाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्ने बताएकी छन् । उनले बिहीबार धनगढीमा भएको स्थानीय निर्वाचनमा दलित महिलाको अर्थपूर्ण सहभागिता सुनिश्चितताका लागि वृहत संवाद कार्यक्रमा बोल्दै यस्तो बताएकी हुन् । ‘कसैले पनि आफ्नो क्षमताको हिसावले चुनावमा उठ्न चाहन्छन् भने उनीहरुलाई जातीय तथा अन्य कारण देखाएर पछि पार्न हुन्न,’उनले भनिन क्षमता हेर्नुपर्छ ।,’ यस्तै उनले  महिलाको सहभागिताका लागि मात्रै सहभागिता नभएर आउदो स्थानीय तहको चुनावमा अर्थपूर्ण सहभागिता हुनेपर्नेमा जोड दिइन् ।

महिला, पुरुष र दलितका नाममा अझै पनि बिभेद रहेको समाजमा अव भने कसैले पनि बिभेद गर्न नुहने उनको भनाई थियो । यस्तै मन्त्री जोशीले प्रदेश सरकारले महिलाहरुका मुद्धालाई तल पर्न नदिने प्रतिबद्धता गरिन् ।

No description available.
यस्तै सुदूरपश्चिमकी प्रमुख सचेतक दुर्गा बिकले कार्यपालिका भित्रै पनि कतिपयले अझै बिभेद सहनु परेको बताएकी छन् । समाजमा देखिने अझै यस्ता बिभेदलाई हामीबाटै अन्य गर्न जरुरी रहेको उनले बताइन् । आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय तहको चुनावमा बढी भन्दा बढी महिलाको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा उनको जोड थियो । उनले क्षमताका आधारमा महिला तथा दलित महिलालाई अघि ल्याउनु पर्नेमा सबैले साथ र सहयोग गर्नुपर्ने बताइन् ।

No description available.

दलित महिला संघ (फेडो)का संस्थापक अध्यक्ष दुर्गा सोवले महिलाले अझै पनि कुनै काम गर्नु पर्दा पुरुषकै भर पर्नु अवस्थाको अन्य गर्नुपर्ने बताइन् । उनले अव महिलाले पनि मेरयमा उठ्न पाउनुपर्ने बताएकी छन् । यस्तै अवको स्थानीय तहको चुनावमा नेतृत्व तहमा पुरुष मात्रै नभएर महिलाको पनि बराबरै सहभागिता हुनुपर्नेमा उनको जोड थियो ।

No description available.

कार्यक्रममा बिभीन्न संघ संस्थाका प्रतिनीधि, वडा सदस्य, अधिकारकर्मी तथा पत्रकार लगायतको सहभगिता रहेको थियो ।


२४ चैत २०७८, बिहीवार २२:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु