ललितपुरमा कारको ठक्करबाट बालकको मृत्यु

ललितपुरको लुभुमा बुधबार साँझ कारको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापका दुई वर्षीय बालक आर्यन पुरी रहेका छन् ।

पैदल हिँडिरहेका बालकलाई कारले ठक्कर दिएको थियो । कारको ठक्करबाट घाइते बालकको उपचारको क्रममा इमाडोलस्थित किष्ट मेडिकल कलेजमा हिजो साँझ सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा १६ च ३६८७ नम्बरको कारले सडकमा खेल्दै गरेका बालकलाई साँझ साढे ५ बजे ठक्कर दिएको थियो । कारसहित चालक महानगरिय प्रहरी वृत्त सातदोबाटोको नियन्त्रणमा रहेका छन् ।


२४ चैत २०७८, बिहीवार १३:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु