सुनको भाउ बिहीबार ५ सय रुपैयाँ बढ्याे
सुनको भाउ बिहीबार ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि, बुधबार सुन तोलाको ९८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने एक रुपैयाँले घटेको छ । बुधबार १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ३ सय ३४ रुपैयाँ निर्धारण भएको छ ।
२४ चैत २०७८, बिहीवार १२:३८ बजे प्रकाशित













