धनगढीमा क्लवस्तरीय क्रिकेट प्रतियोगिता हुने

धनगढीमा डिएसएल क्लव क्रिकेट प्रतियोगिता हुने भएको छ । लिटल फ्लावर प्रीमियर लिगका ६ वटा संस्करण सफलतापुर्वक पुरा गरेको लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.ले धनगढी सुपरलिग डिएसएल- १ को आयोजना गर्न लागेको हो । यो क्लब क्रिकेट प्रतियोगिता २०७९ बैशाख दोस्रो सातादेखि धनगढीमा संचालन हुने छ ।

धनगढीलाई क्रिकेटमय बनाईराख्न र आफ्नो प्रतिभा देखाउन नियमित तयारीमा जुटेका खेलाडीहरुको हौसला बढाउन यो प्रतियोगिता संचालन हुन लागेको आयोजकको भनाइ छ ।
यो प्रतियोगिता संचालनले क्रिकेटको विकास, विस्तार र खेलप्रति सकारात्मक सहभागिता र सहयोग हुन्छ भन्ने अभिप्राय रहेको आयोजक संस्थाका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
यस प्रतियोगितामा नेपालभरका उमेर समुहका चर्चित क्रिकेट खेलाडी र सिनियर खेलाडीहरुको सहभागिता रहनेछ।

कैलाली जिल्ला क्रिकेट संघ तथा सुदुरपश्चिम प्रादेशिक क्रिकेट संघसङ्गको समन्वय र नेपाल क्रिकेट संघ ( क्यान)को अनुमति लिई यो प्रतियोगिता आयोजना गर्न लागिएको शाहीले जानकारी दिए ।
प्रतियोगिताको विजेता र उपविजेता पुरस्कार केहिदिनमा धनगढीमा पत्रकार सम्मेलन गरि जानकारी गराईने उनले बताए ।

धनगढी सुपरलिग (डिएसएल )लाई प्रायोजक, खेलाडीहरु, प्रशिक्षकहरु,खेलप्रेमी महानुभावहरु, नागरिक समाज, पत्रकारज्युहरु लगायत आम नेपाल तथा बिदेशमा रहनुहुने क्रिकेटप्रेमीहरुको साथ( सहयोग र समन्वय हुने अपेक्षा आयोजकले गरेको छ ।


२३ चैत २०७८, बुधवार १९:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु