काँग्रेस नेतृ बोगटीले गरिन् धनगढीको मेयर पदमा दाबि

काँग्रेस नेतृ जागृती बोगटीले धनगढी उपमहानगरपालिकाको मेयर पदमा दाबि गरेकी छन् । नेपाल महिला संघकी नगर सभापतिसमेत रहेकी बोगटीले मेयर पदका लागि दाबि गरेकी गरेकी हुन्।

वडा कार्यसमितिको उमेदवारी छनोट तथा भेटघाट बैठकमा मेयर पदमा उमेदवारी दिने घोषणा गरेको उनले बताइन् । २०६२ सालको दोसो जनआन्दोलनमा पनी सक्रिय रहेकी उनले नेपाली काँग्रेसको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइन्। उनले आफु मेयर पदका लागि सक्षम रहेको बताएकी छन् ।

महिलाले पनि नेतृत्वदायि भूमिका पाउनुपर्ने बोगटीले बताइन् । बोगटी २०४६ सालको जनआन्दोलनदेखि राजनीतिमा सक्रिय रुपमा लागेकी छन् । कांग्रेसबाट नृप वड, जागृति बोगटी, कृष्णबहादुर महरा र पूर्ण कुँवरले धनगढी उपमहानगरको मेयरको टिकटमा दाबी गरिरहेका छन् ।


२२ चैत २०७८, मंगलवार १६:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु