माओवादी केन्द्रबाट निर्वाचित दुई उपमेयर नेकपा एमालेमा प्रवेश
नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका दुई उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । वैशाख ३० गते हुन लागेको स्थानीय निर्वाचन नजिकिएकै बेला धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई काठमाडौंमा आयोजित कार्यक्रममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टीमा स्वागत गरेका हुन् । सोमबार यादव र मंगलबार मण्डल एमालेमा प्रवेश गरेका हुन् ।
उपमेयर मण्डलले माओवादीका नेताहरुले वास्ता नगरेपछि बाध्य भएर एमालेमा प्रवेश गरेको बताइन् । त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० का सुशील कर्ण, व्यवसायी मौसम बजाज, किसन मण्डल, रोशन यादव समेत एमालेमा प्रवेश गरेका छन् ।
कर्ण स्थानीय तहको निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टी नेपालबाट जनकपुरधाम वडा नम्बरका उम्मेदवार थिए ।
२२ चैत २०७८, मंगलवार १०:५९ बजे प्रकाशित













