नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८३ पीसीआर परीक्षणका क्रममा १० जना र १ हजार २ सय ७७ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण शनिवार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप ९० संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ९ लाख ६५ हजार ५ सय ५९ जना निको भएका छन् । हाल नेपालमा ९ सय ४१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
१९ चैत २०७८, शनिवार २०:०५ बजे प्रकाशित































