नेपाल र भारतका प्रधानमन्त्रीले गरे जनकपुर–जयनगर रेल सेवाको उद्घाटन
धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रूपमा रेल सेवा सञ्चालन सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेसँगै रेलसेवा सुरु भएकाे नेपाल रेल्वे कम्पनीले जनाएकाे छ ।
पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हाे ।
भाेलिदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ ।
१९ चैत २०७८, शनिवार १४:१० बजे प्रकाशित































