अछाममा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु
फाइल फोटो
अछाममा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एक जनाको मृत्यु भएको छ । यस्तै एक जना घाइते भएका छन् ।
जिल्लाको मंगलसैन नगरपालिका– ७ जनालीबण्डाली जैसीगाउँकी धना जैसीको माटोको ढिस्कोले पुरिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा चन्द्रा जैसी घाइते भएकी छन् । उनीहरू चैते दसैँका लागी घर पोत्न माटो ल्याउन गएका बेला यो दुर्घटना भएको हो ।
स्थानीयका अनुसार धनाको घटनास्थलमै मृत्यु भएको हो भने घाइते चन्द्रालाई उपचारका लागि अस्पताल लगिएको छ ।
१९ चैत २०७८, शनिवार ०९:५५ बजे प्रकाशित































