पद्मा अस्पतालमा उपचारका क्रममा बिरामीको मृत्यु : स्थानीयद्वारा अस्पताल तोडफोड
कैलालीको अत्तरियामा रहेको पद्मा अस्पतालमा एक बिरामीको उपचारका क्रममा मृत्यु भएपछी आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।
ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक ९डिएसपी० नवराज पोखरेलका अनुसार गोदावरी नगरपालिका – ३ का ३८ वर्षिय विनोद कुमार बोहराको मृत्यु भएको हो । शुक्रबार राती १० बजे अस्पताल भर्ना गरिएका बोहराको आज बिहान साढे ४ बजे मृत्यु भएको डिएसपी पोखरेलले बताए ।
बिरामीका आफन्तले डाइरीया भएर अस्पताल आएको बताएपनि अस्पतालले किड्नी सम्बन्धी पनि समस्या रहेको बताएको डिएसपी पोखरेले बताए ।आक्रोशित भिड तितरवितर गर्न प्रहरीले अश्रु ग्यास समेत प्रयोग गरेको छ ।
डाक्टरको लापरवाहिका कारण मत्यु भएको भन्दै आक्रशित आफन्तले अस्पतालमा ढुंगामुडा गरेका हुन् । तोडफोडबाट अस्पतालका बाहिरको सिसा फुटेको छ । क्षतीको थप विवरण आउन सकेको छैन ।
१९ चैत २०७८, शनिवार ०९:३८ बजे प्रकाशित































