punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर थप २५ जनामा कोरोना संक्रमण, ८९ जना निको

Chaupati
safha napa

पछिल्लो २४ घण्टामा देशभर थप २५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६२३ जनाको पीसीआर परीक्षण गर्दामा २४ जना र १ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा १ जना गरी २५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ८९ जना निको भएका छन् भने हाल देशभर १ हजार ८१ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये १ हजार २६ जना होम आइसोलेसनमा रहेका छन् भने ५५ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

कोरोनाका बिरामीमध्ये १४ जना आईसीयू र ३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ५५९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ३९४ जना संक्रमणमुक्त भएका छन् ।

 


१७ चैत २०७८, बिहीवार १७:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु