punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पर्सामा मोटरसाइकल ठोक्किंदा २ जनाको मृत्यु, ३ जना घाइते

Chaupati
safha napa

पर्सामा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।

पोखरिया नगरपालिका–३ स्थित पोखरिया–लंगडी सडकखण्डमा बिहीबार ना ३ प १०२६ र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा दुवै जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाका अनुसार मृत्यु हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकल चालक धोबिनी गाउँपालिका–२ गुलरियाका ३५ वर्षीय ललनप्रसाद कुर्मी र प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकल चालक सखुवाप्रसौनी गाउँपालिका–५ एकडरवाका २९ वर्षीय हसिन्दर सहनी रहेका छन् ।

घाइते हुनेमा ना ३ प १०२६ नम्बरको मोटरसाइकलमा सवार धोबिनी गाउँपालिका–२ का २० वर्षीय रोजदिन मियाँ, प्रदेश २–०३–००४ प ७४७६ नम्बरको मोटरसाइकलमा सवार सखुवाप्रसौनीका १९ वर्षीय सुपेन राउत र रंजित महतो रहेका छन् ।

सुपेन र राउतको वीरगञ्जको पानीटंकीस्थित न्यूरो अस्पतालमा र रोजदिनको नारायणी अस्पताल वीरगञ्जमा उपचार भइरहेको थापाले बताए ।


१७ चैत २०७८, बिहीवार १६:०३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु