कञ्चनपुरमा डाँका चोरी मुद्दाका फरार एकजना ४ वर्षपछि पक्राउ
कञ्चनपुरमा डाँका चोरी मुद्दाका फरार कसुरदार ४ वर्षपछि पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गुलरीयाबाट प्रहरी नायव निरीक्षक राधाकृष्ण नाथको कमाण्डमा खटिएको टोलीले कृष्णपुर नगरपालिका–४ का ३० वर्षीय किरणबहादुर सिंहलाई घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
दार्चुला जिल्ला अदालतको विसं २०७४ साल माघ १४ गतेको फैसलाले सिंहलाई डाँका चोरी मुद्दामा कसुरदार ठहर गर्दै ६ वर्ष कैद र ६३ हजार रूपैयाँ जरिवाना गरेको थियो । अदालतको फैसलापछि सिंह फरार रहँदै आएका थिए ।
पक्राउ परेका सिंहलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।
१७ चैत २०७८, बिहीवार ०९:२२ बजे प्रकाशित






























