कैलालीमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
कैलालीमा बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्लाको घोडाघोडी नगरपालिका–६ बस्ने ५० बर्षिय कल्लु दमाइलाई प्रहरीले पक्राउ परेको हो ।
शुक्रबार घर नजिकैको बारिमा घाँस काट्न गएको बेला उनले बालिकालाई बलात्कार गरेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।
बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेकामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
१३ चैत २०७८, आइतवार २१:४९ बजे प्रकाशित































