कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ
कैलालीमा लागु औषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन । जिल्लाको लम्की चुहा नगरपालिका वडा नं.१ बस्ने २३ वर्षिय आकाश बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
आईतबार साँझ आफैले चलाएको सु.प.प्र. ०१–०१० प ५०२५ नम्बरको मोटरसाईकलमा संकास्पद तरिकाले उभिएको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट ५२० मिलिग्राम लागुऔषध (खैरो हिरोईन) फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
लागु औषधका साथै उनको साथमा नगद रु २७ जार २ सय ४० पनि फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता प्रहरी नायब उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बि।क माथी थप अनुसन्धान भैरहेको उनले बताएका छन ।
७ चैत २०७८, सोमवार १४:२२ बजे प्रकाशित































