punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा ट्रकको ठक्करबाट एक युवकको मृत्यु

Chaupati
safha napa

कैलालीको लम्कीचुहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना युवकको मृत्यु भएको छ । ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक लम्कीचुहा नगरपालिका वडा न १० का अन्दाजी २५ वर्षीय टेक बहादुर रावलको मृत्यु भएको हो ।

सोमबार बिहान करिब साढे ७ बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको लु १ ख ९८३० ट्रकले पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको सु.प.प्र ०१००९ प ३९२६ नम्बर मोटरसाइकललाई ठक्करबाट गम्भीर घाइते भएका रावललाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको आफन्तले बताएका छन् ।

ट्रकको ठक्करबाट मृत्यु भएका रावलका आफन्त र स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् भने यातायातका साधनहरू ठप्प रहेका छन् । लामो तथा छोटो दुरीका सवारी साधन ठप्प हुँदा यात्रुहरूलाई सास्ती भएको छ । ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय सुखडको नियन्त्रणमा रहेका छन् ।

 


७ चैत २०७८, सोमवार १४:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु