punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतले महाकाली नदीको धार परिवर्तन गर्न थालेपछि स्थानीयवासी आक्रोशित

Chaupati
safha napa

भारतले दार्चुलाको महाकाली नगरपालिका–४ स्थित महाकाली पारि एकलौटी तरिकाले नदीको धार परिवर्तन गर्न थालेपछि स्थानीयवासी आक्रोशित बनेका छन् ।भारतीय पक्षले सीमामा बलमिचाइ गर्न थालेपछि शनिवार दार्चुलावासी स्थानीयले सदरमुकाम खलङ्गास्थित आफ्नो भूमिबाट ढुगां प्रहार गर्दै विरोध जनाएका हुन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सभामुख, उपसभामुख सहितको प्रदेशसभा सदस्य र राजनीतिक दलहरूको टोली दार्चुलामा छ । तर उनीहरूले भारतीय पक्षले गरेको ज्यादती नदेखे झैँ गरेको स्थानीय चक्रबहादुर बमले बताए ।

यसअघि स्थानीयले तटबन्ध रोक्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराइसकेको भए पनि सरकारको तर्फबाट हुनै पहल नभएको उनले बताए ।

तटबन्ध निर्माणका विषयमा भारतीय पक्षले समन्वय नै नगरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । नेपालतर्फ महाकालीको धार फर्किने गरेर तटबन्ध निर्माण कार्य नरोकिएकाले आफूहरू आन्दोलनमा उत्रिएको स्थानीयहरूले बताएका छन् ।

भारतले नेपाली क्षेत्रबाट निर्माण सामाग्री लगेर तटबन्ध निर्माण गरिरहँदा समेत राजनीतिक दल, स्थानीय प्रशासन र सरकार मौन बस्नु राष्ट्रघाती काम भएको स्थानीय कृष्ण धामीले बताए ।


५ चैत २०७८, शनिवार १५:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु