punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा हुने मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको ट्रफी र खेल तालिका सार्वजनिक

Chaupati
safha napa

कैलालीको धनगढीमा सोमबारदेखि सुरु हुने ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’को ट्रफी र खेल तालिका सार्वजनिक गरिएको छ। आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले धनगढीमा पत्रकार सम्मेलन गर्दै ट्रफी र खेल तालिका सार्वजनिक गरेको हो।

परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहका अनुसार १२ गतेसम्म सञ्चालन हुने राष्ट्रिय भलिबल प्रतियोगिताको उद्धघाटन खेल लु्म्बिनी प्रदेश र विभागिय टोली त्रिभुवन आर्मीबीच हुनेछ। सिंहले प्रतियोगिताको तयारी पनि पूरा भएको बताए।

‘प्रतियोगितामा सात वटा प्रदेश र तीन वटा विभागीय गरी १० टोलीको सहभागिता रहने छ,’ पत्रकार सम्मेलनमा सदस्य सचिव सिंहले भने, ‘प्रतियोगिताको विजेताले नगद चार लाख, उपविजेताले दुई लाख, तेस्रो हुने टोलीले एक लाख र चौथो स्थान प्राप्त गर्ने टिमले ५० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।’

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार तथा उदयमान खेलाडी, उत्कृष्ट लिफ्टर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्सर, उत्कृष्ट सर्वर र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजारसहित पुरस्कृत गरिने सिंहले बताए। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद एक हजार पाँच सय नगदसहित पुरस्कृत गरिनेछ।

आयोजक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्य सचिव सिंहले प्रतियोगिता सर्वाधिक पुरस्कार राशिको भएको दाबी गरे। ‘भलिबलका सबैभन्दा बढी खेलाडी सुदूरपश्चिम प्रदेशले नै जन्माएको छ,’ सिंहले थपे, ‘तर सुदूरपश्चिममै राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता हुन नसकेका कारण यसपटक आयोजना गर्न लागेका हौं।’


५ चैत २०७८, शनिवार १६:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु