आफैँले ढालेको रुखले किचेर एक जनाको मृत्यु
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१ निघुरादिनमा शुक्रबार रुखले किचेर एक जनाको मृत्यु भएको छ ।
दाउराका लागि रुख काट्ने क्रममा ढल्दै गरेको रुखले अचानक किचेर सोही ठाउँका तुलसी भनिने भीमप्रसाद रम्तेलको मृत्यु भएको हो ।
रम्तेलको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ढल्दै गरेको रुख रम्तेलको ढाडमा बजारिएको स्थानीयले बताएका छन् ।
५ चैत २०७८, शनिवार ०८:१८ बजे प्रकाशित






























