धनगढीमा राष्ट्रव्यापी क्लव स्तरीय उसु प्रतियोगिता सुरु
धनगढीमा राष्ट्रव्यापी क्वान (क्लव) स्तरीय उसु प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।
शिअ उसु क्वान धननगढी मनेहराका पूर्व अध्यक्ष स्व. नारायण लम्सालको स्मृतिमा आयोजना गरिएको राष्ट्रिय स्तरको प्रतियोगिता सुदूरपश्चिम उसु संघ धनगढी र शिअ उसु क्वान मनेहराले आयोजना गरेको हो ।
प्रतियोगिताको पहिलो दिन थाउलु तर्फको थायटी विधामा पुरुष तर्फ डडेल्धुराका विराज राना मगर प्रथम भएका छन्, भने शिअ उसु क्वान धनगढीका प्रतिन चौधरी तृतिय भएका छन् ।
सोही विधामा शिव उसु क्वानकी रेनु चौधरी प्रथम, शिअ उसु क्वानकी पुष्पा कुँवर द्धितिय र अस्मिता खड्का तृतिय भएकिछन् । प्रतियोगितामा प्रथम हुने क्लवलाई २५ हजार, द्धितीय हुने क्वलकलाई १५ हजार तथा तृतीय हुने टोलीलाई १० नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् । यसैगरी सान्सौ र थाउलो विधामा उत्कृष्ट हुने ४ जना खेडाली र २ जना अनुशासित खेलाडीलाई जनही ५ हजार प्रदान गरिने छ ।
प्रतियोगिता उद्घाटन कैलाली क्षेत्रनम्बर–५ का प्रतिनीधिसभा सदस्य नारदमुनी रानाले गरेका थिए । प्रतियोगितामा १२ क्वान ९क्लव० को सहभागिता रहेको कैलाली जिल्ला उसु प्रशिक्षक रतन खातीले बताए । उनका अनुसार प्रतियोगितामा महिला पुरुष गरी देशभरका ३ सय खेलाडीको सहभागिता रहेको छ ।
प्रतियोगितामा उसु सान्सौ तर्फ पुरुषले यू २५ देखि ७५ केजी समुहमा प्रतिष्पर्धा गर्ने छन् भने, महिलामा तर्फ यू २५ देखि ६५ केजी समुहमा प्रतिष्पर्धा हुने प्रशिक्षक खातीले बताए । यसैगरी थाउलु विधा अन्तरगत थान्छ्वान, नान्छ्वान र थायटीछ्वान खेल खेलाइने छन् ।
प्रतियोगिता उद्घाटनका अवसरमा उसु तर्फ दक्षिण एशियाली खेलमा रजत पदक विजेता विश्व बुढामगर र मिना ग्लानलाई सम्मान गरिएको छ । यसैगरी राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिमबाट लगातार तीन पटक गोल्ड मेडल विजेता सम्झना चौधरीलाई पनि सम्मान गरिएको छ । प्रतियोगिता फागुन २८ गते समापन हुने छ ।
२६ फागुन २०७८, बिहीवार २०:०४ बजे प्रकाशित












