सुदूरपश्चिम खप्तड गोल्डकप : उपाधिका लागि फ्रेन्ड्स र मनाङ भिड्ने

सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लब फाइनलमा प्रवेश गरेको छ। दोस्रो सेमिफाइनलमा बागमती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै ए डिभिजन क्लब फ्रेन्ड्स उपाधि नजिक पुगेको हो।

फ्रेन्ड्सलाई जित दिलाउन जमोउल एन्थोनी फ्रान्कोईस र राजिब लोप्चनले एकरएक गोल गरे। बागमतीका ड्याडी वाम्बा जुनियरले एक गोल फर्काए। खेलको ६४ औं मिनेटमा एन्थोनीले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए भने खेलको ७१ औं मिनेटमा राजिबले गोल गर्दै फ्रेन्ड्सलाई २–० को अग्रता दिलाएका थिए।

त्यसपछि खेलको ८३ औं मिनेटमा जुनियरले गोल गरे पनि बागमती २–१ ले पराजित भयो। अब फ्रेन्ड्सले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ। आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लब धनगढीले आयोजना गरेको प्रतियोगिताको विजेताले २१ लाख नगद प्राप्त गर्नेछ।

उपविजेता टोलीले १० लाख नगद प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन्।


२६ फागुन २०७८, बिहीवार १९:११ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु