punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीको गोदावरी नदीमा डुबेर किशोरीको मृत्यु

Chaupati
safha napa

कैलालीमा नदीमा डुबेर १५ वर्षीया किशोरीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नं २ की किशोरी खेमा खड्काको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आफ्ना साथीहरुसँग नुहाउन गएकी उनको गोदावरीको (भाइरल) काठेपुलमुनिको तलाउमा डुबेर मृत्यु भएको हो । उनीसँगै रहेका अन्य ६ जना भने सकुशल रहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

मृतक खड्काको शव पोष्टमार्टमको लागि सेती प्रादेशीक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२५ फागुन २०७८, बुधवार २०:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु