धनगढीमा राष्ट्रिव्यापि उसु प्रतियोगिता हुँदै
धनगढीमा बिहीबार (भोली) देखि राष्ट्रव्यापि क्वान (क्लव) स्तरिय खुला उसु प्रतियोगिता सञ्चालन हुने भएको छ ।शिअ उसु क्वान मनेहराका पूर्व अध्यक्ष स्व नारायण लम्सालको स्मृतिमा सञ्चालन हुने प्रथम क्वान स्तरिय उसु प्रतियोगिता सुदूरपश्चिम उसु संघ धनगढी र शिअ उसु क्वान धनगढी–७ मनेहराको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको हो ।
प्रतियोगितामा १२ क्वान ९क्लव० को सहभागिता रहने कैलाली जिल्ला उसु प्रशिक्षक रतन खातीले बताए । उनका अनुसार प्रतियोगितामा महिला पुरुष गरी देशभरका ३ सय खेलाडीको सहभागिता रहने छ ।
बिहीबार देखि सञ्चालन हुने प्रतियोगिता फागुन २८ गते समापन हुने छ । प्रतियोगितामा उसु सान्सौ तर्फ पुरुषले यू २५ देखि ७५ केजी समुहमा प्रतिष्पर्धा गर्ने छन् भने, महिलामा तर्फ यू २५ देखि ६५ केजी समुहमा प्रतिष्पर्धा हुने प्रशिक्षक खातीले बताए ।
यसैगरी थाउलु विधा अन्तरगत थान्छ्वान, नान्छ्वान र थाइटीछ्वान खेल खेलाइने छन् । प्रतियोगितामा राष्ट्रिय तथा अन्तराष्ट्रिय रेफ्रिको सहभागिता हुने जनाइएको छ ।प्रतियोगितामा प्रथम हुने क्लवलाई २५ हजार, द्धितीय हुने क्वलकलाई १५ हजार तथा तृतीय हुने टोलीलाई १० नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
यसैगरी सान्सौ र थाउलो विधामा उत्कृष्ठा हुने ४ जना खेडाली र २ जना अनुशाशित खेलाडीलाई जनही ५ हजार प्रदान गरिने छ । उसुमा दक्षिण यशियाली रजत पदक विजेता मिना ग्लान र विश्व बुढामगर तथा राष्ट्रपति रनिङ शिल्डमा सुदूरपश्चिमबाट लगातार तीन पटक स्वर्ण पदक विजेता सम्झना चौधरीलाई सम्मान गरिने कार्यक्रम रहेको छ । प्रतियोगिता उद्घाटन पूर्व बन मन्त्री तथा कैलाली–५ का प्रतिनीधिसभा सदस्य नारदमुनी रानाले गर्ने छन् ।
२५ फागुन २०७८, बुधवार १९:३० बजे प्रकाशित






























