punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसद्वारा दोगडाकेदार गाउँपालिकासँग बजेटको विवरण माग

Chaupati
safha napa

नेपाली कांग्रेसले बैतडीको दोगडाकेदार गाउँपालिकासँग अहिलेसम्म विनियोजित भएको बजेटको विवरण माग गरेको छ। यसअघि २०७७ साल साउन २७ गते पनि पालिकालाई सूचना माग गरिएकाले अहिलेसम्म सूचना नपाएको भन्दै फेरि पत्राचार गरिएको हो।

नेपाली कांग्रेस दोगडाकेदार गाउँपालिका समितिको बैठकको निर्णयअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विनियोजित बजेट, योजना र उपभोक्ता समितिको विवरण माग गरिएको नेपाली कांग्रेस बैतडीका सदस्य केशवराज जोशीले बताए।

दोगडाकेदार गाउँपालिकाले यसअघि पनि सूचना दिन आनाकानी गरेको कांग्रेस दोगडाकेदारका सभापति नन्दराज भट्टको आरोप रहेको छ। उक्त पालिकामा एमाले नेतृत्वको सरकार रहेको छ। विवरण उपलब्ध नगराए विभिन्न आन्दोलनका कार्यक्रम गरिने जनाइएको छ।


२५ फागुन २०७८, बुधवार ०८:४९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु