punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

 केएमसीका कानुन संकायका विद्यार्थीद्धारा आयोजित गोष्ठी सम्पन्न

Chaupati
safha napa

११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व संध्यामा कैलाली बहुमुखी क्याम्पसका बी ए एल एल बी दोस्रो सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा भेदभाव “जन्य व्यबहार र सामाजिक न्यायः सुदुरपश्चिम प्रदेशको सन्दर्भ” विषयक छलफल गोष्ठी सम्पन्न भएको छ ।

सोमवार कैलाली क्याम्पसका बीए एलएल बी दोस्रो सेमेष्टरका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा सोही क्याम्पसका क्याम्पस प्रमुख प्राध्यापक डाक्टर धर्मराज उपाध्याय प्रमुख अतिथि रहेका थिए । भने क्याम्पसकै मानविकी संकायका प्रमुख हरिराम चोधरीले अध्यक्षता गर्ेको कार्यक्रममा बीए एलएल बी अध्यापन गराईरहेका उपप्राध्यापक मानबहादुर जोरा, सह प्राध्यापक प्रयागराज जोशी लगाएत अथितिकारुपमा रहेका थिए ।

भने कार्यक्रमको सल्लासुझाव अधिवक्ता सिमा धामीले गरेकी थिईन् । सो गोष्ठीमा सुदुरपश्चिम प्रदेशको भेदभाव जन्य व्यबहार र सामाजिक न्यायको अवस्थाका बारेमा गराईएको थियो । प्रदेशमा पछिल्लो तीन बर्षमा भएका जातिय विभेद र छाउपडी प्रथाका बारेमा तथ्याङ्क प्रस्तुत गरिएको छ ।

भने प्रदेशमा जातिय विभेदजन्य घटना र छाउपडी कुप्रथा हटन नसक्नुका बारेमा छलफल गरिएको छ । सो गोष्ठीमा कैलाली क्याम्पसमा स्नातक तहका मानविकी संकाय अन्तरगत सामाजिक कार्य , आमसञ्चार र बीए एलएल बी प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

सो गोष्ठीले सुदूरपश्चिम प्रदेशमा छाउपडी प्रथा र जातिय विभेदका घटना बढ्नुका कारणहरु समाजमा रहेको रुढीवादी परम्परा , शिक्षाको कमी , दोषीलाई राजनितिक संरक्षण, कानुनी ज्ञान कमी र कार्यान्वयन गर्ने संयत्र कमजोर हुनु , जनचेतनाको कमी लगाएत रहेको निष्र्कष निकालेको छ । भने सहभागीहरुले आआफ्नो तर्फबाट समाजमा सचेततना फैलाउने संकल्प गरेका छन् । उक्त गाष्ठीको सञ्चालन बी ए एल एल बी दोस्रो सेमेष्टरमा अध्यनरत निर्मल जोशी र बिपना ऐरले गरेका थिए ।

भने तेज मल्ल र सम्पदा जोशीले प्रस्तुतीकरण प्रस्तुत गरेका थिए । साथै कार्यक्रममा स्वागत मन्तब्य शिवचरण चौधरी र सहभागीहरुलाई निशा कठायतले धन्यवाद ब्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख उपाध्यायले समाज रहेका विभेदजन्य घटनाहरु निर्मुल पार्न विद्यार्थीहरुको भुमिका महत्पुर्ण रहेको बताए ।

सुदूरपश्चिम प्रदेशमा रहेको छाउपडी प्रथा निर्मुल गर्न शिक्षाको महत्वपुर्ण भुमिका रहने उनको भनाई छ । शिक्षा र जनचेतना विना समाजमा रहेका कुनै पनी कुप्रथा उल्मुलन हुन नसक्ने उनले बताए ।


२३ फागुन २०७८, सोमवार १९:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु