punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तुकादेखि भेरासैन सम्म सडक जोडिदै, स्थानीयवासी खुशी

Chaupati
safha napa

अछामको साँफेबगर नगरपालिकाको सडक पुग्न बाँकी रहेको एउटा टोलमा पनि सडक पुग्ने भएको छ । साँफेबगर नगरपालिका वडा १२ खप्तडको भेरासैनमा सडक पुग्न सकेको थिएन ।
तुकादेखि भेरासैनसम्म जोड्ने सडकको आज साँफेबगर नगर प्रमुख कुलबहादुर कुँवरले शिलान्यास गर्नुभएको छ । नगर प्रमुख कुँवरले सेति लोक मार्गले भैरासैनसम्म सडक जोड्ने योजना रहेका कारण यस अघि उक्त टोलमा सडक नपुगेको जानकारी दिए ।

सेति लोकमार्गले उक्त टोलमा सडक जोड्न ढिलाई गरेका कारण नगरपालिकाले आफै सडकको ट्रयाक खोल्ने कामको सुरुवात गरेको बताए । नगर प्रमुख कुँवरले नगरका पिछडिएका वडाहरुलाई विकासका दृष्टिले अघि बढाउनको लागि नगरपालिकाले पहल गर्दै आएको छ ।

केन्द्रबाट आउने वजेट र कार्यक्रमका कार्यविधि नगर केन्द्रित हुँदा सोचेअनुसार प्रगति भने हुन नसकेको पनि उनको भनाइ छ । यस्तै उहाँले एकिकृत वस्ति विकास कार्यक्रम मार्फत आर्थिक अवस्था कमजोर भएका समुदायको लागि भेरासैनमा २५ वटा घर निर्माण गर्ने योजना समेत रहेको बताए ।

यस्तै साँफेबगर नगरपालिका वडा १२ खप्तडका अध्यक्ष प्रकाश रानाले भेरासैन सडक सन्जालमा नजोडिएका कारण यहाँका जनताले धेरै दुःख पाएको बताए । उनले गर्भवति महिलालाई बच्चा पाउनको लागि स्वास्थ्य संस्थाका वोकेर ल्याउनुपर्ने वाध्यता रहेको पनि बताए । सडक सञ्जालसँग जोडिएपछि अव सहज हुने उहाँको भनाई रहेको छ ।

सडक शिलान्यास कार्यक्रममा एकिकृत समाजवादीका जिल्ला कमिटी सदस्य नेत्र कुँवर, वमबहादुर रावल, नगरपालिकाका इन्जिनियर निराजन शाह, तुका माविका प्रअ हस्त बहादुर कडायत, खप्तड निकुञ्जका प्रतिनिधि शिरिष चौधरी लगायतको सहभागिता रहेको थियो ।


२३ फागुन २०७८, सोमवार १९:०६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु