मोटरसाइकल जोगाउँदा पोलमा ठोक्कियो गण्डकीका मन्त्रीको गाडी
गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्यको गाडी दुर्घटनामा परेको छ । तनहुँमा सोमबार बिहान मोटरसाइकललाई जोगाउन खोज्दा तीव्र गतिमा गुडिरहेको मन्त्री सवार गाडी बिजुलीको पोलमा ठोक्किएको हो ।
ग १ झ ६०० नम्बरको स्कार्पियोले साइड-लाइट नबाली दायाँतिर सडक पार गर्न लागेको मोटरसाइकललाई जोगाउँदा बिजुलीको पोलमा ठोक्किएको हो ।
खानेपानी आयोजनाको उद्घाटन तथा शिलान्यास कार्यक्रममा आइतबार सहभागी भएर मन्त्री आचार्य सोमबार बिहान पोखरा फर्किँदै थिए । मन्त्रालयका सचिव रामकुमार श्रेष्ठ पनि सँगै रहेकाले उनैको गाडीमा मन्त्री पोखरा फर्कन लागेको स्वकीय सचिव तिवारीले बताए ।
२३ फागुन २०७८, सोमवार १३:१८ बजे प्रकाशित






























