punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

छात्रालाई बलात्कार गरी गर्भपतन गराएको आरोपमा शिक्षक पक्राउ

Chaupati
safha napa

अर्घाखाँचीमा  १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन्। एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोप लागेको हो।

छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतनसमेत गराएको भन्दै शिक्षकविरुद्ध जाहेरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अमर थापाले जानकारी दिए।

शिक्षकविरुद्ध जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।


२३ फागुन २०७८, सोमवार १०:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु