punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रहरी जवानले आफैलाई गोली हाने

Chaupati
safha napa

प्रहरी चौकी कालाकुण्डा कैलालीका प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् । डिउटीका क्रममा रहेका झंकर बोहराले गए राती १२ बजे तिर आफैले बोकेको एसएलआर चिउँडोमा गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रसाद जोशीले जानकारी दिए ।

गोली लागि घाइते प्रहरी बोहराको अहिले प्रहरी अस्पताल काठमाडौँमा उपचार भइरहेको जनाएको छ । घटना भएको राति नै उनलाई टीकापुर अस्पताल लगिएकोमा टीकापुर अस्पतालले कोहलपुर रेफर गरेको थियो।त्यहाँबाट पनि रेफर गरेपछि उनलाई प्रहरी अस्पतालमा लगिएको हो।


२२ फागुन २०७८, आइतवार १८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु