punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा ‘जनताको घरघरमा एमाले-मनमनमा एमाले’ १ महिने अभियान सुरु

Chaupati
safha napa

नेकपा एमाले, दार्चुलाले ‘जनताको घरघरमा एमाले’ मनमनमा एमाले नामक अभियान थालेको छ । सरकारले अगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेपछि नेकपा एमाले दार्चुलाले चर्चित बुँदाहरु समेटेर जनताको घरघरमा एमाले’ मनमनमा एमाले नामक अभियान थालेको हो ।

अन्य शक्तिहरु मिलेर एमालेलाई एक्ल्याउने प्रयास गरिरहेका बेला एमाले, दार्चुलाले चुनावलाई लक्षित गरेर यस्तो अभियान शुरु गर्न थालेको नेताहरुले बताएका छन् ।

एमालेका नेता तथा सुदुरपश्चिम प्रदेश सहइन्चार्ज पोलिट ब्युरो सदस्य पुर्व मन्त्री दार्चुलाबाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा दार्चुला जिल्लामा गरेका राम्रा कामहरुलाई निरन्तरता दिनका लागि फेरि जनताको घरघरमा एमाले’ मनमनमा एमाले नामक अभियान थालेको नेकपा एमाले दार्चुलाले जनाएको छ ।

यो अभियानका क्रममा संगठन सुदृढिकरण, स्थानीय निकायमा खटिएका युवाहरुलाई सम्मान, एमालेको सरकारले गरेका राम्रा कामको जानकारी गराइने नेकपा एमाले दार्चुलाका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिए ।

सरकारले बैशाखमा चुनाव गर्ने घोषणा गरिसकेकाले एमालेले त्यसलाई लक्षित गरेर अभियान अगाडि बढाएको उहाँले भन्नु भयो । ‘एमालेले राष्ट्रियता सम्बन्धी लिएको अडान, उसका नीतिका बारेमा घरघरमै गएर जनतालाई अवगत गराउने जनाएको छ ।

अभियानका क्रममा गाउँगाउँमा सभाहरु गरिने छन् । १ महिना सम्म जिल्लाका दुई नगरपालिका तथा सात वटा गाउँपालिकामाहरुका साथै ६१ वडाहरुमा यो कार्यक्रम संञ्चालन हुने नेकपा एमाले जिल्ला उपाध्यक्ष चरन सिह बुढाथोकीले जानकारी दिनु भएको छ ।

स्थानीय निकायको चुनावमा दार्चुलामा दोस्रो पार्टी बनेको एमालेलाई एक्लाउने प्रयास भइरहेका बेला यो पार्टीका नेताहरुलाई यो पटक पहिला हुने दाउवमा रहेको छ । दार्चुलाका नौ वटा तहमध्ये ३ वटामा जितेको एमालेलाई अब संघका १ र प्रदेशका २ क्षेत्रमा जित्नु चुनौती रहेको छ ।

“घरघरमा एमाले, मनमनमा एमाले“ १ महिने अभियान अन्तरर्गत आज मालिकार्जुन गाउँपालिकाको वडा ७ र ६मा उकुमा कार्यकर्ता भेटघाट कार्यक्रम गरिएको छ । आजै पुर्व मन्त्री ठगुन्नाको टोलीले गाउँपालिकाको वडा ७ को वडा कार्यालय भवनको उद्घाटन पनि गरेका छन । आगामी वैशाख ३० गते घोषणा भएको स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीको पक्षमा माहोल बनाउन दार्चुलाका राजनीतिक दलहरु यतिबेला सक्रिय भएका छन् ।

जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिकासहित ६१ वटै वडाहरुमा जनप्रतिनिधि चुन्नका लागि हुन लागेको स्थानीय तहको निर्वाचनले राजनीतिक दलका नेता तथा कार्यकर्तासँगै सर्वसाधारणलाई समेत उत्साहित बनाएको छ। नेकपा एमालेको यो अभियानले जनतामा खुशीयाली छाएको छ । यतिबेला भेला, बैठक र प्रशिक्षणका कार्यक्रम लिएर दलका नेताहरु गाउँ–गाउँ पुग्न थालेपछि ग्रामीण भेगसम्म नै चुनावी सरगर्मी बढेको हो ।

सङ्घीयताको पहिलो कार्यकाल अलमलमै बिते पनि आगामी निर्वाचनमा आफ्नो दललाई विजयी गराउन अनुरोध गर्दै जनप्रतिनिधिसहित दलका नेता तथा कार्यकर्ताहरु गाउँघरमा भोट माग्न थालिसकेका छन्।

स्थानीय तह निर्वाचनपछि भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा एमाले उम्मेदवार विजयी भएका थिए । आजको कार्यक्रममा पुर्व मन्त्री ठगुन्ना सहित सुदुरपश्चिम प्रदेश सभा सदस्य गेल्बु सिह बोहरा जिल्ला कमिटि अध्यक्ष प्रेम सिह धामी लगायत नेकपा एमाले शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।


२२ फागुन २०७८, आइतवार १८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु