punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Chaupati
safha napa

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्दै छ। प्रतिनिधि सभाको १०औं अधिवेशनको १०औँ बैठक आज बस्न लागेको हो। बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ। संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औं वार्षिक प्रतिवेदन, आव २०७७र७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ। यसैबीच, संसद् बैठकअघि कार्यव्यवस्था परामर्श समितिको बैठक पनि बोलाइएको छ। कार्यव्यवस्था परामर्श समितिको बैठक बिहान साढे ११ बजेसंसद भवनमै बस्दै छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत भदौ २३ गतेदेखि लगातार संसद अवरोध गर्दै आएको छ। सभामुखले १४ जना सांसदलाई कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गर्दै आएको हो।


२२ फागुन २०७८, आइतवार ०८:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु