डोटीमा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु
डोटीमा ट्र्याक्टर पल्टिँदा एक जनाको मृत्यु भएको छ। आइतबार बेलुकी जिल्लाको दीपायल सिलगढी नगरपालिका-५ स्थित भित्रि सडकखण्डमा से२त ९१०६ नम्बरको इँटा बोकेको ट्र्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा ट्र्याक्टरमा सवार आदर्श गाउँपालिका-३ का अन्दाजी २१ वर्षीय केशव विकको मृत्यु भएको प्रहरीले बताएको छ। उनको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
त्यस्तै, दुर्घटनामा चालक कैलालीको गोदावरी नगरपालिका-८ का ३८ वर्षीय कृष्ण कामी र ट्र्याक्टरमा सवार दीपायल सिलगढी-५ कै १९ वर्षीय बालाजी कोली सामान्य घाइते भएका बताइएको छ।
१६ फागुन २०७८, सोमवार ११:५४ बजे प्रकाशित












