एमसीसीलाई व्याख्यात्मक घोषणासहित आजै संसदबाट पास गर्ने गठबन्धनको निर्णय

सत्तारुढ गठबन्धनले अमेरिकी सहायता परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ ।  बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट पास गर्ने निर्णय गरेको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार आज बस्ने संसदको दोस्रो सेसनको बैठकले एमसीसीलाई पारित गर्नेछ ।  ‘हामी एमसीसीलाई व्याख्यात्मक घोषणासहित संसदबाट पारित गर्न सहमत भएका छौँ,’ पौडेलले भने, ‘सदनमा उठेका प्रश्नको जवाफ सरकारले दिनेछ । त्यसपछि सदनको दोस्रो सेसनको बैठकबाट आजै पारित हुन्छ ।’

पौडेलले सदनमा उठेका प्रश्नको जवाफ र व्याख्यात्मक घोषणालाई समावेश गरेर एमसीसी पारित हुने बताए ।


१५ फागुन २०७८, आइतवार १२:२७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु