punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

३ हजार ५०० भन्दा बढी रूसी सैनिकको मृत्यु भएको युक्रेनको दाबी

Chaupati
safha napa

युक्रेनको सेनाले ३ हजार ५०० भन्दा बढी रूसी सैनिकको मृत्यु भएको दाबी गरेको छ। यस्तै‚ करिब २०० जनालाई बन्दी बनाइएको उनीहरूको दाबी छ।

युक्रेनी सेनाको दाबीअनुसार रूसले आफ्ना १४ वटा विमान र १०२ वटा ट्यांक पनि गुमाएको बिबिसीले जनाएको छ। रूसी सेना अहिले युक्रेनको राजधानी किभमा पुगेको छ। राजधानी दुवै पक्षको बमबारी भइरहेको अन्तर्राष्ट्रिय सञचारमाध्यमले जनाएका छन्।

रूसले युक्रेनमाथि तीन दिनदेखि लगातार आक्रमण गरिरहेको छ। राजधानी किभमा के कति आक्रमण र क्षति भयो भन्ने विवरणहरू भने सार्वजनिक भएका छैनन्।


१४ फागुन २०७८, शनिवार १३:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु