देश छाड्न अमेरिकाले गरेको उद्धारको प्रस्तावलाई युक्रेनका राष्ट्रपतिले गरे अस्वीकार
देश छाड्न भन्दै अमेरिकाले गरेको उद्धारको प्रस्ताव युक्रेनका राष्ट्रपति भोलोडोमिर जेलेन्स्कीले अस्वीकार गरेका छन् । अमेरिकी सञ्चारमाध्यमहरूले राष्ट्रपति जेलेन्स्कीकाे उद्धारका लागि अमेरिकाले प्रस्ताव गरेकाे खबर प्रकाशित गरेका थिए ।
अमेरिकाकाे याे प्रस्तावलाई जेलेन्स्कीले अस्वीकार गरेकाे बीबीसीले जनाएकाे छ । ‘यहाँ लडाइँ चलिरहेकाे छ । मलाई लड्नका लागि बम र हतियार चाहिएकाे छ । भाग्नका लागि सवारी साधन हैन’, अमेरिकालाई जवाफ दिँदै जेलेन्स्कीले भनेकाे खबरमा उल्लेख छ ।
रुसी आक्रमणको प्रतिवाद गरेका राष्ट्रपति जेलेन्स्कीको सामाजिक सञ्जालमा निकै प्रशंसा भइरहेको छ । उनले रुसलाई चेतावनी दिँदै यसअघि भनेका थिए, ‘जब तिमीले हामीमाथि आक्रमण गर्छौँ, हामी सामना गर्नेछाैँ । पिठ्युँ देखाउने छैनाैँ ।’
१४ फागुन २०७८, शनिवार १२:३५ बजे प्रकाशित































