आज सुनको भाउ एक हजार रुपैयाँले घट्यो
बिहीबार तोलाको ९९ हजार रुपैयाँमा कारोवार भइरहेको सुनको भाउ आज भने एक हजार रुपैयाँले घटेको छ।
हिजो सुनको भाउ एकैदिन २५ सय रुपैयाँले बढेर ९९ हजार रुपैयाँमा पुगेको थियो।रुस र युक्रेनको द्वन्द्वका कारण सुनको बजारमा समेत असर परेको छ।
आज भाउ घट्नुमा कुनै विशेष कारण नभएको र सुनको बजार अस्थिर रहेकाले भाउमा उतारचढाव आइरहने नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।यस्तै, चाँदी पनि आज तोलामा २० रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
१३ फागुन २०७८, शुक्रवार १२:२९ बजे प्रकाशित































