सुदूरपश्चिममा बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि
सुदूरपश्चिम प्रदेशमा बुधबार थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा एक हजार १० जनाको परीक्षण गर्दा २६ जनामा कोरोना पुष्टि भएको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको हो । संक्रमण पुष्टि भएकामध्ये ६ जना बुधबार नै भारतबाट फर्किएका हुन ।
हालसम्म संक्रमित हुनेको संख्या ५९ हजार ४६७ पुगेको छ । हाल प्रदेशभरि ८५४ जना सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ ।
११ फागुन २०७८, बुधवार १८:४५ बजे प्रकाशित































