थप १३ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं : नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । यो सँगै सोमबार मात्रै २४ जना कोरोना संक्रमित भएका छन्। हालको अध्यावधिक विवरण अनुसार कोरोना पुष्टी भएकाहरूको संख्या १३४ पुगेको छ।

मन्त्रालयका अनुसार कपिलवस्तुको यशोधरा गाउँपालिका-८ र वुद्धभूमि नगरपालिका-७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षका पुरुषमा संक्रमण, रुपन्देहीको सम्मरीमाइ गाउँपालिका-७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका ६ का  २४, २६, २७, ३०, ३२ र ४० वर्षका पुरुषमा संक्रमण र बर्दिया राजापुर नगरपालिका-५ कि ११ वर्षकी बालिका भएको मन्त्रालयले जनाएको छ। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले वताएको छ ।


२९ वैशाख २०७७, सोमवार १४:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु