punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रेमीसँग मिलेर श्रीमानको हत्या, झोलामा हालेर जङ्गलमा फ्याँकिएको थियो शव

Chaupati
safha napa

झापाको दमक–५ का दिनेश सिग्देलका हत्यारा पक्राउ परेका छन्। हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी मङ्गलबार सार्वजनिक गरेको छ। सुनसरीको धरान–४ स्थित जङ्गलमा विभत्स किसिमले हत्या गरी फालेको अवस्थामा ४३ वर्षीय सिग्देलको शव भेटिएको थियो।

पक्राउ पर्नेमा सिग्देलकी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र उनका प्रेमी २९ वर्षीय सरोज भण्डारी रहेको प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए। प्रेमीसँग मिलेर श्रीमान्को हत्या गरी धरान–४ धरान भेडेटार सडकखण्डको जङ्गलमा जेब्रा झोलामा शव हालेर फ्याँकिएको पाइएको थियो। योजनाबद्धरूपमा अनिता र सरोजले सिग्देलको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थापाले जानकारी दिए।

गत बुधबार टाउको र दाहिने खुट्टा जेब्रा झोलामा भेटिएको थियो। त्यसको भोलिपल्ट अर्को जेब्रा झोलामा बाँकी शरीर भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीले हत्यामा संलग्न अनितालाई सोमबार नै नियन्त्रणमा लिएको थियो। सिग्देलकी जेठी श्रमतीको बयानका आधारमा प्रहरी अनिता र सरोजलाई पक्राउ गर्न सफल भएको हो। दुवै जनाले सिग्देलको हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ।


११ फागुन २०७८, बुधवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु