punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रचण्ड र माधवले एमसीसी गिजोलेको पूर्व मन्त्री बस्नेतको आरोप

Chaupati
safha napa

राष्ट्रिय युवा संघका केन्द्रीय इन्चार्ज तथा नेकपा एमालेका पूर्व मन्त्री महेश बस्नेतले सत्तामै बसेर, सरकारले संसदमा ल्याएको प्रस्तावविरुद्ध अभिव्यक्ति दिएर पुष्पकमल दाहाल र माधव नेपालले एमसीसी सम्झौतालाई गिजोलेको आरोप लगाएका छन् ।

पूर्व मन्त्री बस्नेतले दाहाल र माधव नेपालकै दोहोरो भूमिकाले गर्दा एमसीसी परियोजनाबारे आम जनतामा व्यापक भ्रम सिर्जना भएको समेत आरोप लगाएका छन् । प्रेस चौतारी कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बस्नेतले एमसीसीका सम्बन्धमा दाहाल र नेपालका चार अबतार देखिएको व्यङ्ग्य गर्दै उनीहरुकै कारण मुलुक द्वन्द्वतिर धकेलिएको र यसको सबै जिम्मेवारी उनीहरुले नै लिनुुपर्ने दाबी गरे ।

पौराणिक कालका ब्रम्हाका जस्तै एमसीसीमा दाहाल र माधव नेपालका चार मुख देखिएको बस्नेतको आरोप छ । एक मुखले एमसीसी संसदबाट पास गरौँ भन्ने, अर्काे मुखले एमसीसीलाई चिठी लेखेर पाँच महिनाभित्र पारित गछौँ भन्ने, फेरि कतिखेर प्रधानन्यायाधिशलाई महाअभियोग लगायो भने पास गछौँ र गठबन्धन पनि जोगाउँछौँ भन्ने, अनि अर्काे मुखले संशोधन भए पनि नभएपनि संकल्प प्रस्ताव लैजाउ भनेर विरोधमा सडकमा कार्यकर्ता उतारेर दुवै नेताले राजनीतिक जात्रा देखाएको आरोप बस्नेतको छ ।

बस्नेतले माओवादी र एकीकृत समाजवादी पार्टीले आफ्ना कार्यकर्ताहरुलाई सडकमा रमिता गराउँदै मुुलुुकलाई द्वन्द्वतिर धकेल्ने काम गरिरहेकाले सबै जिम्मेवारी दुवै नेताले लिनुुपर्ने बताए । ‘एमसीसीका नाममा मुुलुुकमा अर्को द्धन्द्ध सिर्जना गर्दै कार्यकर्ताहरुलाई सडकमा उतारेर पुुलिसमाथि ढुुङ्गा हान्ने काममा पठाएका छन्, यसको जिम्मेवारी पाँच दलीय गठबन्धन र चार मुखे अवतार प्रचण्ड र माधवले लिनुुपर्छ ।’ उनले भने । मुलुकलाई भिडन्त र द्वन्द्वमा लैजाने अन्तर्राष्ट्रिय शक्तिको खेल मैदान बनाउने परिस्थिति बनेको छ यसको जिम्मेवारी अहिलेको गठबन्धने लिनुपर्ने उनले बताए ।

एमसीसी सम्झौतालाई विकास अनुदानको रुपमा स्वीकार गर्ने हकमा नेपालका सबै राजनीतिक दलहरुले सरकारमा हुुँदा कुनै न कुुनै हिसाबले भूमिका खेलेको उल्लेख गर्दै अन्तराष्ट्रिय शक्तिहरुले नेपाललाई खेल मैदान बनाउनुु खोज्नुु दुुर्भाग्यपूूर्ण भएको जनाए । एमसीसीका सम्बन्धमा एमालेले किन स्पष्ट धारण राखेको छैन रु भन्ने विषयमा बस्नेतले आफूहरु प्रतिपक्षको भूमिकामा भएकाले अहिले नै त्यो बेला नभइसकेको बताए ।


१० फागुन २०७८, मंगलवार १६:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु